धादिङ एमालेद्वारा कार्यकर्ता संरक्षण कोषको सुरुवात


धादिङ ।

नेकपा एमाले धादिङले कार्यकर्ता संरक्षण कोषको सुरुवात गरेको छ ।

नेकपा एमालेले कार्यकर्तालाई समस्या पर्दा सहयोग गर्ने गरी  कोस स्थापना गर्ने निर्णय भएकोले बिहीबारबाट कोषको सुरुवात गरिएको हो। 

नेकपा एमाले धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली) ले कोषमा एक लाख रुपैयाँ राखेर कोषको सुरु गरेका छन्  ।

कार्यकर्ता संरक्षण गर्न, विपद् पर्दा, घाइते बिरामी पर्दा सहयोग गर्ने गरी  कोषको स्थापना गरिएको र एमाले कार्यकर्तालाई कोषमा सहयोग गर्नका लागि नेकपा एमाले धादिङले आग्रह गरेको छ ।