हेटौंडा ।
मकवानपुर प्रहरीले उत्तरी क्षेत्रको थाहा नपा–१०, टौखेलबाट मार्खुतर्फ जाँदै गरेको अटोबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । बाप्र–०३००१ ह १५०७ नम्बर अटोको इलाका प्रहरी कार्यालय पालुङ तथा चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो करिब ५ बजे जाँच गर्दा चरेस फेला परेको हो ।
१२ वटा रबरको डिब्बाभित्र लुकाइ ल्याइएको १ सय २१.४६ केजी चरेससहित थाहा नपा–४, रुप्से बस्ने वर्ष २९ का घनश्याम बलतामाङ (अटोचालक) र मकवानपुरको कैलाश गापा–५ बस्ने वर्ष २१ का सानुकान्छा थिङसहित अटोलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया