काठमाडौं ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित हुने १६५ सिटका लागि ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल उम्मेदवारमध्ये ३९५ जना महिला र ३ हजार ८८ जना पुरुष छन् ।
उमेर समूहअनुसार ३६ देखि ५० वर्षका उम्मेदवारको संख्या सबैभन्दा बढी १ हजार ६१० रहेको छ । २५ देखि ३५ वर्ष उमेर समूहका ५८३, ५१ देखि ६५ वर्षका १ हजार ९० तथा ६५ वर्ष माथिका २०१ उम्मेदवार छन् ।
निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा ६८ वटा राजनीतिक दलले उम्मेदवार उठाएका छन् ।












प्रतिक्रिया