धादिङ।
धादिङ जिल्लमा ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ हुने निर्वाचनमा सहभागी हुनका लागि धादिङको दुई निर्वाचन क्षेत्रमा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता गरिएको मूख्या निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।
२०४३ सालदेखि निर्वाचनमा नियमित उम्मेदवार भएका राजेन्द्र प्रसाद पाण्डेदेखि पहिलो पटक निर्वाचनमा भाग लिने नेपाल कम्यूनिष्ट माओवादी कृष्ण घतानी लगायतको दलका उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी मनोनयनको निर्धारित समयमा नेकपा एमालेले क्षेत्र नम्बर १ बाट भूमि त्रिपाठी र २ नम्बर क्षेत्रबाट धनबहादुर घले चुनावी मैदानमा होमिएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट क्षेत्र नम्बर १ बाट कृष्ण रिजाल, क्षेत्र नम्बर २ बाट रमेश धमलाले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कम्यूनिष्ट पार्टीको तर्फबाट क्षेत्र नम्बर १ मा राजेन्द्र प्रसाद पाण्डे र क्षेत्र नम्बर २ बाट रामबहादुर भण्डारीले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

रास्वपाको तर्फबाट क्षेत्र नम्बर १ बाट आशिका तामाङ र क्षेत्र नम्बर २ बाट बोधनारायण श्रेष्ठ उम्मेदवार बन्नुभएको छ ।
राप्रपाको तर्फबाट क्षेत्रनम्बर १ मा गिताप्रसाद आचार्य, क्षेत्र नम्बर २ मा सुरेश रिजाल, श्रम संस्कृति पार्टीको तर्फबाट क्षेत्र नम्बर १ मा प्रलाद सिलवाल, क्षेत्र नम्बर २ बाट टासी लामा तामाङ, प्रलोपाको तर्फबाट क्षेत्र नम्बर १ बाट राजन प्रसाद रेग्मी र क्षेत्र नम्बर २ बाट बिरबहादुर तामाङ, संयुक्त नागरिक पार्टीको तर्फबाट क्षेत्र नम्बर १ मा डम्बर बहादुर लिम्बु र क्षेत्र नम्बर २ मा देबेन्द्र गैरे, नेपाल कम्यूनिष्ट पार्टी माओवादीको तर्फबाट क्षेत्र नम्बर २ बाट कृष्ण घतानीले उम्मेदवारी दर्ता गराएका छन् ।
धादिङ क्षेत्र नम्बर १ मा ११ जना स्वतन्त्र समेत २४ जना र क्षेत्र नम्बर २ मा ८ जना स्वतन्त्र सहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

राजनीतिक दलहरुले र्यालीसहित उम्मेदवारी दर्ता गराएका थिए ।
आचारसंहितामा मनोनयन दर्ताका लागि २५ जनाभन्दा बढी सहभागी हुन नपाइने उल्लेख भएपनि अधिकांश राजनीतिक दलहरुले ठूला झन्डासहित बाजागाजा बजाएर ठूलो संख्यामा जुलुस गरेका छन् ।












प्रतिक्रिया