उदयपुर ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको लागि उदयपुरको दुवै क्षेत्रबाट ३१ जनाको उम्मेदवारी परेको छ । साँझ ५ बजेपछि जिल्लाको मुख्य निर्वाचन कार्यालय गाईघाटले दिएको जानकारी अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा १८ जना र २ मा १३ जना गरी ३१ जनाको उम्मेदवारी दर्ता भएको हो ।
दुवै निर्वाचन क्षेत्रमा एक÷एकजना स्वतन्त्र रुपमा उम्मेदवारी दिने छन् भने बाँकी सबै दलका चुनाव चिन्हमा उम्मेदवारी दिने रहेका छन् । कार्यालयका अनुसार प्रतिनिधिसभा १ मा नेपाल मजदुर किसान पार्टीबाट खड्गबहादुर खत्री, स्वतन्त्रबाट डा देवराई राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुवासचन्द्र खड्का, नेपाल जनमुक्ति पार्टीबाट गोकर्ण राई, आम जनता पार्टीबाट मनोजकुमार पौडेल छन् ।
यसैगरी नेकपा एमालेबाट दुर्गाकुमार थापा स्वस्तिक, श्रमसंस्कृति पार्टीबाट राजेशकुमार राई, नागरिक सर्वोच्च पार्टीबाट प्रशान्तकुमार राई, नेपाली जनता दलबाट कुशोर चौधरी, जनता समाजवादीबाट गणेशकुमार राई, नेपाली कम्युनिस्ट पार्टीबाट बलदेव चौधरी, नेपाली कांग्रेसबाट विदुर बस्नेत, मङ्गोल अर्गनाइजेशन पार्टीबाट बद्रिविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारशमणी गेलाल, नेकपा माओवादीबाट अमृतबहादुर खत्री, संयुक्त नागरिक पार्टीबाट सुरेश राई, राष्ट्रिय जनमोर्चाबाट तिलक राई र उज्यालो नेपाल पार्टीबाट अर्जुन घिसिङ रहेका छन् ।

प्रतिनिसभा निर्वाचन २ को निर्वाचन कार्यालय सूचना अधिकारी नारायण थापाका अनुसार २ मा नेपाल मजदुर किसान पर्टीबाट पुर्ण बहादुर बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनबाट भाष्कर राई, राष्टिय प्रजातन्त्र पार्टीबाट विष्णु बहादुर खड्का, राष्ट्रिय परिवर्तन पार्टीबाट अरूण राई, आम जनता पार्टीबाट बमबहादुर मगर, नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई, श्रम संस्कृति पार्टीबाट बलराज राई, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट दुर्गाबहादुर तामाङ्ग, जनता समाजवादी पार्टीबाट केशवबहादुर मगर, नेपाली कांग्रेसबाट रामकुमार राई, नेकपा एमालेबाट अम्बरबहादुर रायमाझी, रास्वपटाबाट सुर्यबहादुर तामाङ र स्वतन्त्रबाट मेजरकुमार राई रहेका छन् । मेजर कुमार राईले नकपाबाट उम्मेदवारी नपाएपछि लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षपदबाट राजिनामा दिएर स्वतन्त्र उमेदवारी दिएका हुन् ।











प्रतिक्रिया