उदयपुर ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकालागि उदयपुरको निर्वाचन क्षेत्र नं १ बाट विभिन्न राजनीतिक दलबाट ९ जनाले उम्मदवारी दर्ता गराएका छन्।
उमदवारी दर्ता गराउनेहरुमा नेपाली कांग्रेसबाट विदुर बाबु बस्नेत, नेकपा एमालेबाट दुर्गा कुमार थापा स्वस्ती,नेकपाबाट बलदेव चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारसमणी गेलाल, जनता समाजवादी पाटीबाट गणेशराई, संस्कृति पार्टीबाट राजश खिम्दुङ, राष्ट्रिय प्रजातन्त्र पाटीबाट सुवास चन्द्र खड्का ,मंगोल नेशनल अर्गनाइजशनबाट बद्री बिक्रम राई र स्वतन्त्रबाट कल्याण रोका रहेका छन् ।

उदयपुर निर्वचन क्षेत्र नं २मा नेपाली कांग्रसका राम कुमार राई, नेकपा एमालेका अमर बहादुर रायमाझी, नेपाली कम्युनिष्ट पाटीबाट सुरेश कुमार राईल र राप्रपाबाट विष्णु खड्काले उमेदबारी दर्ता गराएका छन् भने अन्य दलका उमेदबारहरुका नाम आउन बाँकी रहको छ । उमेदबारी दर्ताको समय ५ बजेसम्म रहकोले सोपछि अन्य दलका उमेदबारहरुको नाम सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
उदयपुर १ का नेपाली कांग्रसका उमेदबार बिदुरबाबु बस्नेतले नेपाली कांग्रस निर्वाचनमा एक ढिक्का भएर अघि बढ्ने र लोकतन्त्रका रक्षा, देशको परिवर्तनको दिशामा निरन्तर लागि रहने बताए ।
यस्तै अर्का उम्मेदवार नकपा एमालेका दुर्गा कुमार थापाले देशमा यदि परिवर्तन चाहने हो र मुलुकलाई समृद्धिको दिशामा लैजान सक्ने परिवर्तनकारी एजण्डा बोकर नेकपा एमाले मात्र जनताका माझमा जाने भएकोले उदयपुरलाई नमुना जिल्लाका रुपमा विकसित गर्न लागि पर्ने बताए ।

यस्तै नेकपाका उम्मेदवार बलदव चैधरीले पनि उदयपुरको विकासकालागि आफूले विगतमा पनि त्रियुगा नगरपालिकाको प्रमुख हुँदा र नहुँदाका समयमा पनि पयास गरेकोले आउँदा दिनहरुमा पनि उदयपुरलाई भौतिक पूर्वाधार लगायतका अन्य विकासका काममा लागि रहने बताए ।
उदयपुर क्षेत्रनं २ मा एमालेका अम्बर रायमाझी उम्मेदवार
उदयपुरको क्षेत्रनम्बर २ मा नेकपा एमालेबाट अम्वरबहादुर रायमाझीले उमेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि रायमाझीले मनोनयन दर्ता गराएका हुन् ।
नाराजुलुस र बाजागाजासहित कटारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय कमिटीका संयोजक गजेन्द्रबहादुर खड्का र समर्थकमा कोशी प्रदेश कमिटीका सदस्य गोपालबहादुर खत्री छन् ।
नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य रहेका रायमाझी २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तत्कालिन नेपाली काँग्रेस, नेकपा माओबादी र समाजवादी पार्टी मिलेर बनेको गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडालाई पराजित गरेका थिए ।
मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै रायमाझीले क्षेत्र नं २ को समृद्धका लागि तयार पारेको रोडम्याप अधुरो रहेकाले पुरा गर्न उम्मेदवारी भएको बताए । उनले भने, “विकासको हिसाबले पछि परेको उदयपुर क्षेत्रनं २ को समृद्धीका लागि ३० महिनाको कार्यकालमा निकै काम गरेपनि रोडम्याप अनुसार अझै धेरै काम अधुँरै रहे, ती जनतासँग गरेका वाचा पुरा गर्न यो पटक पार्टीले फेरी उम्मेदवार बनाएको छ ।”

“क्षेत्रनम्बर २ को विकासको मेररुदण्ड भनेकै सिरहाको मिर्चैया–कटारी–घुर्मि पक्की सडकदेखि लिएर मुर्कुची–माझखर्क–कुनौली–खोटाङ्गको हलेसीसम्म जोड्ने सडक पहिलो प्राथमिकता हो, रायमाझीले भने, “मुख्य सडकसँगै थुप्रै साना सडकहरुको वजेट विनियोजन गरी ठेक्का प्रकृया अघि बढेका छन्, शिक्षा, स्वास्थ्य, कृषि, उद्यम र रोजगारका क्षेत्रमा पनि उल्लेखिय काम हुँदा हुँदै विचैमा कार्यकाल व्रेक भयो ।”
उनले भने, “नगरपालिकासहित पाँच वटै स्थानीय तहका ४४ वटा वडा कार्यालय जाने सडक, स्वास्थ्यचौकी, विद्यालय, विजुलीवत्तिको काम सम्पन्न भएको छ, छिटफुट वाहेक खानेपानी योजनापनि सम्पन्न भएका छन्, अबको काम भनेको पक्की सडक, कृषि, स्वास्थ्य र रोजगारी रोडम्याप हुन् ।”

रायमाझीले एमाले संगठन वलियो, इमान्दार कार्यकर्ता, अधुरो कार्यकाल, योजनाको रोडम्याप र विगतका विकासमा गरेका योगदान नै चुनाव जित्ने मुख्य आधार भएको बताएका छन् । २०७९ सालमा काँग्रेस–माओवादी–समाजवादी पार्टीको गठबन्धनलाई सजिले पराजित गरेकाले यसपटक कामका आधार र भिजनका हिसाबले चुनाव जित्ने उनको दाबी छ ।











प्रतिक्रिया