खोटाङ।
, खोटाङमा आगामी फागुन –२१ ग्ते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मनोनयन दर्ता सुरु भएको छ । जिल्ला अदालत दिक्तेलबजारमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसअघि नै मनोनयन दर्ताका लागि समय र रुट निर्धारण गरेको थियो । मनोनयन दर्तालाई सरल, सहज र व्यवस्थित बनाउनका लागि सबै दलसँगको छलफलबाट फरक–फरक समय र रुट निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत फनिन्द्रप्रसाद पराजुलीले बताए ।
मंगोल नेशनल अर्गानाईजनका लागि बिहान ११ बजे, श्रम संस्कृति पार्टीका लागि १२ बजे, नेकपा एमालेका लागि दिउँसो १ बजे र नेपाली कम्युनिस्ट पार्टीका लागि १ः३० बजे समय निर्धारण गरिएको छ । यस्तै, नेकपा माओवादीका लागि २ बजे, रास्वपाका लागि २ः३० बजे, राष्ट्रिय परिवर्तन पार्टीका लागि दिउँसो ३ बजे, काँग्रेसका लागि ३ः३० बजे, जसपा नेपालका लागि ४ बजे, जसपाका लागि ४ः३० बजे र राप्रपाका लागि बेलुकी ५ बजे मनोनयन दर्ताको लागि समय निर्धारण गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको जिल्लामा आगामी निर्वाचनमा ११ दल सहभागी हुने भएका छन् ।











प्रतिक्रिया