नवलपरासी ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा चुनावी सरगर्मी बढेको छ । तराइको चिसाे मौसमकै बाबजुद दलहरूले आफ्ना नयाँ,पुराना उम्मेदबारलाई चुनावी मैदानमा उतारेर राजनैतिक माहाेल तताई रहेका छन् ।
यसका लागि निर्वाचन आयाेगले नवलपरासी पूर्व र पश्चिम दुवै जिल्ला सदरमुकाम कावासोती र परासीमा स्थापित निर्वाचन अधिकृतको कार्यालयहरूले उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण कार्य पूरा गरी सकेका छन् ।
त्यसैगरी विभित्र राजनैतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनका लागि आ आफ्ना आधिकारिक उम्मेदबार नाम सार्वजनिक गरेर मंगलबार हुने मनाेनयका लागि तयारी पूर्वक बसेका छन् ।
उम्मेदवारी मनाेनयनका लागि नेकपा एमालेले नवलपरासी पूर्वकाे क्षेत्र नम्बर १ मा नयाँ अनुहार भागिरथ सापकाेटा र २ मा केन्द्रीय सदस्य तिल बहादुर महतलाई तेश्राे पटक दाेहाेराएकाे छ ।
पश्चिम नवलपरासी १ मा राम प्रसाद पाण्डे र २ मा भगवती प्रसाद यादवलाई एमाले उम्मेदवारका रूपमा खडा गरेकाे छ ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीले पश्चिम नवलपरासी १ र २ मा क्रमशः सिन्धु जलेसा र देवेन्द्र पाैडेललाई उम्मेदवार ताेकेछ भने पूर्वकाे १ र २ मा लाेक प्रसाद भुर्तेल र थारु नेता गणेशमान महताे उम्मेदवार बनेका छन् ।
यस्तैमा देशकै ठूलाे अर्को राजनैतिक दल नेपाली काँग्रेसले ढिलै भए पनि पूर्वी नवलपरासी १ मा समकालीन नेता गजेन्द्र आले मगर र २ नम्बरमा युवा नेता काँग्रेस गण्डकीका महामन्त्री विष्णु प्रसाद लामिछानेलाई उम्मेबार बनाएको छ ।
मगर समुदायको बाहुल्यता रहेको नवलपुरकाे पहाडी क्षेत्र र आलेकाे उम्मेदबारीले नयाँ नयाँ उम्मेदवारहरूकाे बढ्दाे प्रतिस्पर्धामा काँग्रेस नेता शशांकले निरन्तर जित्दै आएका याे क्षेत्रकाे इतिहास कायमै रहनेमा काँग्रेसबृत्त आशावादी रहेका छन् ।
पश्चिम नवलपरासी १ मा भने उद्योगपति बिनाेद चाैधरीले आफ्नाे उम्मेदवारी दाेहाेराएका छन् । अघिल्लो चुनावका उप विजेता काँगेस नेता देवेन्द्रराज कडेल (मुन्ना बाबु)लेनै नवलपरासी पश्चिम २ को टिकट हात पारेका छन् ।
अर्को दल जसपाले नवलपरासी पश्चिम १ मा हृदयेश त्रिपाठी र राम वचन यादवलाई २ नम्बर क्षेत्रमा उम्मेदवार बनाएको छ ।
यस्तै रास्वपाले भने नवलपरासी पश्चिम १ मा बिक्रम खनाल र २ मा नरेन्द्र गुप्तालाई टिकट दिएकाे छ । रास्वपाले उम्मेदवार बनाएका खनाल नेपाली कांग्रेस लुम्बिनीका पूर्व महामन्त्री हुन् भने केही दिन अघि मात्रै उनी रास्वपा प्रवेश गरेका थिए ।
त्यसैगरी रास्वपाले नवलपरासी पूर्वकाे १ नम्बरमा राजन गौतम र २ मा जेनजी युवा मनिस खनाललाई उम्मेदवार बनाएको छ ।
यहाँ रास्वपा युवा नेता गौतम यस अघिका उप विजेता हुन्। उनी बिपी पुत्र शशांक काेईरालका निकटतम प्रतिस्पर्धाी थिए । यस्तै मध्यविन्दुका जेनजी खनाल बालेन निकट २६ वर्षीय युवा नेता हुन् ।
यस्तै जनमुक्ति,जनमाेर्चा,नेकपा मसाल लगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरू मनाेनयनकाे तयारीमा जुटेका छन् ।
निर्वाचन कार्यालयहरूले पनि सर्वदलीय तथा सर्वपक्षीय बैठक राखेर उम्मेदवारी दर्ताका क्रममा भीडभाड हुन नदिन दलहरूलाई छुट्टाछुट्टै समय दिइएको मुख्य निर्वाचन अधिकृत कमल प्रसाद ज्ञवालीले बताए ।











प्रतिक्रिया