उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा भएको १० दिने निशुल्क आँखा उपचार शिविरमा ४ सय ३८ जनाको आँखाको मोतीविन्दुको शल्यक्रिया भएको छ ।

भिजन हिमालय फाउण्डेसनको सहयोग, चौदण्डीगढी नपाको आयोजना र तिलगंगा आँखा अस्पताल काठमाण्डौको प्राविधिक सहयोगमा भएको सो आँखा शिविरिमा तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सन्दुक रुइतको संलग्नतामा शल्यक्रिया भएको थियो ।
केही वर्ष अघिदेखि चौदण्डीगढी नपाले निरन्तर रुपमा बृहत् रुपमा आँखा शिविर संचालन गर्दै आएको र यसबाट चा्रदण्डीगढी बाहेकका बेलका नपा, त्रियुगा नपा सप्तरी र सुनसरी जिल्लाका आँखाका बिरामीहरु पनि उपचारकालागि आएका थिए । सबैतिरका बिरामीहरु समेत गरी जम्मा ४ सय ३८ जनाले शल्यक्रिया सेवा पाएका थिए ।
चौदण्डीगढी नपा स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत पुष १९ गतेबाट चौदण्डीगढी नपाको ८ नं. र १ नं वडाबाट आँखा जाँचको कार्यक्रम संचालन भएकोमा ३ हजार ८ सय ९१ जनामो आँखा परीक्षण गरिएकोमा ४सय ३८ जनाको आँखाको शल्यक्रिया भएको र १सय २१ जना विभिन्न कारणले शल्यक्रिया कार्यक्रममा उपस्थित हुन नसकेको चौदण्डीगढी नपाले जनाएको छ ।
आँखा परीक्षण गरिएका बिरामीहरु मध्ये ५ सय ५९ जनामा गम्भिर प्रकृतिको समस्या देखिएको र उनीहरुलाई चौदण्डीगढी नपा ६ सातधारेस्थित कोभिड अस्पतालमा पुष २८,२९ र ३० गते शल्यक्रिया गरिएको थियो ।
चार वर्ष अघिदेखि संचालन हुँदै आएको बृहत् आँखा शिविरमा हालसम्म १० हजार ८ सय ३४ जनाले आँखा उपचार सेवा लिएको र १ हजार ६ सय ३५ जनाले आँखाको शल्यक्रियाकालागि छनौट भएकोमा २ सय ४० जनाको सफल शल्यक्रिया भएको चौदण्डीगढी नपाका प्रमुख कालुमान लामाले बताए ।
आँखा उपचार महंगो पर्ने भएकोले आफ्नो गाउँ घर बाहिर गएर उपचार गर्न नसक्ने दीनदुखी, गरीब विपन्न तथा दयनीय अवस्थामा रहेका जनताकालागि घरदैलौ मै स्तरीय उपचार सेवा दिएर दृष्टि बिहीहरुको सेवाकालागि नगरपालिकाले प्रत्येक वर्ष आँखा शिविर संचालन गर्दै आएको नगर प्रमुख लामाले बताए ।












प्रतिक्रिया