काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जाको विषयमा आफ्नो महत्त्वाकांक्षा विरोध गर्ने देशहरुमाथि ट्यारिफ बढाउन सक्ने चेतावनी दिएका छन्।
व्हाइट हाउसमा भएको एक बैठकमा ट्रम्पले भने, “यदि अन्य देशहरूले ग्रिनल्यान्डका मामलामा साथ दिएनन् भने उनीहरूमाथि ट्यारिफ थप गरिनेछ।” उनले हालसम्म कुन देशहरूमाथि ट्यारिफ लाग्ने भन्ने खुलाएका छैनन्।
ग्रिनल्यान्ड डेनमार्कको टेरिटोरी भए पनि आफ्नो स्वशासित सरकार रहेको छ। डेनमार्क, ग्रिनल्यान्ड र अन्य केही देशहरूले ट्रम्पको योजनाको विरोध गरेका छन्।











प्रतिक्रिया