गोल्डेन ग्लोबमा वन ब्याटल आफ्टर एनदरलाई ४ अवार्ड


विश्व प्रतिष्ठित गोल्डेन ग्लोब अवार्डको ८३ औ“ संस्करण आइतबार अमेरिकाको बेभर्ली हिल्टन होटलमा सम्पन्न भएको छ।
यस वर्षको अवार्ड समारोहमा पल थोमस एन्डरसनद्वारा निर्देशित क्रान्तिकारी कमेडी फिल्म वन ब्याटल आफ्टर एनदरले कमेडी वा म्युजिकलतर्फ सर्वोत्कृष्ट फिल्मको उपाधिमाथि सफलता हात पा¥यो। फिल्मले सर्वोत्कृष्ट निर्देशक, पटकथा र सह–अभिनेत्री (टेयाना टेलर) सहित कुल चार अवार्ड जित्यो।

योस“गै एन्डरसन गोल्डेन ग्लोबमा फिल्म, निर्देशक र पटकथा तीनै विधा जित्ने दोस्रो निर्देशक बनेका छन्। यसअघि यो कीर्तिमान ओलिभर स्टोनले कायम गरेका थिए। त्यस्तै शेक्सपियरको चर्चित उपन्यासमा आधारित फिल्म ह्यामनेटले सर्वोत्कृष्ट ड्रामा फिल्मको उपाधि जित्दै धेरैको अनुमानलाई उल्ट्यायो। यसअघि प्रमुख दाबेदार मानिएको रयान कुग्लरको फिल्म सिनर्सलाई पछि पार्दै ह्यामनेट विजयी भएको हो। यही फिल्मकी मुख्य अभिनेत्री जेसी बक्लीले ड्रामातर्फ सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पनि जितिन्।

सिनर्सले भने सर्वोत्कृष्ट संगीत, बक्स अफिस तथा सिनेम्याटिक अचिभमेन्ट अवार्ड जित्यो। यो फिल्मले विश्वव्यापी रूपमा ३६८ मिलियन डलरभन्दा बढी कमाइ गर्दै पछिल्ला १५ वर्षकै सबैभन्दा सफल मौलिक फिल्मको कीर्तिमान बनाएको थियो।
त्यस्तै टिमोथी चालामेले फिल्म मार्टी सुप्रिमबाट कमेडी÷म्युजिकलतर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्दै पहिलो गोल्डेन ग्लोब हात पारे। रोज बर्नले इफ आइ ह्याड लेग्स आईड किक युबाट कमेडीतर्फ सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।

अन्तर्राष्ट्रिय फिल्मतर्फ भने क्लेबर मेन्डोन्सा फिल्हो निर्देशित द सेक्रेट एजेन्टले अवार्ड जित्यो भने सोही फिल्मबाट वाग्नर मोउराले सर्वोत्कृष्ट अभिनेताको अवार्ड चुमे। स्टेलन स्कार्सगार्डले सेन्टिमेन्टल भ्यालुबाट सह–अभिनेता विधामा जित हासिल गर्दा एनिमेटेड फिल्मतर्फ नेटफ्क्सिको के–पप डेमन हन्टर्स सर्वोत्कृष्ट बन्यो, जसले सर्वोत्कृष्ट गीतको अवार्ड पनि जित्यो।
टेलिभिजनतर्फ द पिटले सर्वोत्कृष्ट ड्रामा सिरिज जित्दा अभिनेता नोआ वाइली पनि सम्मानित भए।

नेटफ्लिक्सको एडोलेसेन्सले सर्वोत्कृष्ट लिमिटेड सिरिजसहित चार अवार्ड जित्यो। यसका कलाकार एरिन डोहर्टी, स्टिफेन ग्राहम र १६ वर्षीय ओवेन कुपरले अभिनय विधामा अवार्ड पाए। यस विधामा गोल्डेन ग्लोब पाउने उनी हालसम्मकै कान्छो अभिनेता हुन् भने टेलिभिजन सिरिजअन्तर्गत सर्वाधिक धेरै अवार्ड पाउने एडोलेसेन्स पहिलो सिरिज हो। कमेडी सिरिजतर्फ सेथ रोगेनको द स्टुडियोले सर्वोत्कृष्ट कमेडी सिरिजको अवार्ड जित्यो भने रोगेन स्वयं सर्वोत्कृष्ट कमेडी अभिनेता बने। समारोहको दोस्रो वर्ष लगातार होस्ट बनेकी निक्की ग्लेजरले राजनीतिक र मनोरञ्जन क्षेत्रमाथि व्यंग्यात्मक प्रस्तुति दि“दै शुभारम्भ गरेकी थिइन्।