सुनसरीमा ट्रक पल्टिँदा ५ मजदुरको मृत्यु, ३ घाइते


काठमाडौँ।

सुनसरीको भोक्राहानर्सिङ–८, सोनियाहीमा आज बिहान ट्रक दुर्घटना हुँदा पाँच जना मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। विराटनगरबाट राजविराजतर्फ टायल र मार्बल बोकेर जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक हुलाकी राजमार्गअन्तर्गत सडकको घुम्तीमा अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा ट्रकको पछाडि सामानमाथि बसेका पाँच मजदुरलाई टायल र मार्बलले थिच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मृतक सबै सुनसरीको बर्जु गाउँपालिका–१ का गुरुङ समुदायका व्यक्ति हुन्।

ट्रकमा चालकसहित ९ जना सवार थिए। क्याबिनमा सवार चारमध्ये तीन जना सामान्य घाइते भएका छन् र उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ। चालक भने फरार छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।