माघी पर्वले सहकार्य र आपसी सद्भाव बढाउँछ : डा.शेखर कोइराला


काठमाडौँ। 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले थारु समुदायको प्रमुख पर्व माघी तथा माघे सङ्क्रान्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले माघी पर्वले सामाजिक एकता, सहकार्य र आपसी सद्भावलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।