काठमाडौं ।
नेपालमा जेन–जी आन्दोलनपछि भू–राजनीतिक चलखेलको चर्चा भइरहेको बेला चिनियाँ उच्चस्तरीय टोली नेपाल आउन लागेको छ । जेन–जी आन्दोलनपछि पहिलोपटक चिनियाँ उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागअन्तर्गत नेपाल मामिला प्रमुख झेङ युया (नेपाली नाम सरला) नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो । तीनदिने भ्रमणका लागि नेपाल आउन लागेको झेङ युया नेतृत्वको प्रतिनिधि मण्डल आगामी हप्ता काठमाडौँ आइपुग्ने छ ।
जेन–जी आन्दोलनपछि नेपालमा पश्चिमा शक्तिको प्रभाव बढेको चीनको बुझाइ रहेको छ । त्यसैले पनि चीनले नेपालमा लामो समय बसेर हाल चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागअन्तर्गत नेपाल मामिला प्रमुखका रुपमा काम गरिरहेको झेङ युया नेतृत्वमा टोली पठाएको जानकारहरु बताउँछन् ।
नेपालको राजनीतिक अवस्था तरल र जटिल मोडमा रहेको तथा जेन–जी आन्दोलनपछि गठन भएको वर्तमान सरकार फागुन २१ को निर्वाचनमा सक्रियतापूर्वक लागिरहेको बेला आउन लागेको चिनियाँ उच्चस्तरीय टोलीको भ्रमणलाई महत्वको साथ हेरिएको छ ।











प्रतिक्रिया