विशेष महाधिवेशनबारे पक्षधर–संस्थापन वार्ता बालुवाटारमा


काठमाडौँ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबिच विवाद समाधानका लागि वार्ता जारी छ । बालुवाटारमा भइरहेको वार्तामा दुवै पक्षले गठन गरेको वार्ता समिति सहभागी छ ।

विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन् भने संस्थापन तथा शेखर कोइराला पक्षबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र डा. मिनेन्द्र रिजाल वार्ता समितिमा छन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल केन्द्रित रहेको बताइएको छ ।