नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक बजेलाई सर्‍यो


काठमाडौँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको समय सरेको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक अब दिउँसो १ बजे बस्ने गरी सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहेकाले त्यससँग सम्बन्धित विषय तथा समसामयिक राजनीतिक मुद्दामा छलफल र निर्णय गर्न बैठक बोलाइएको जनाइएको छ ।