देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु


काठमाडौँ ।

देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले मधेस, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो र राति तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।