काठमाडौँ ।
साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा ४ हजार ७८० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।











प्रतिक्रिया