काठमाडौँ ।
प्रथम अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको आज बिहान निधन भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौलाले चन्दको ७७ वर्षको उमेरमा निधन भएको जानकारी दिए ।
रेडियो नेपाल तथा जर्मनीको गोथे इन्स्टिच्युटमा लामो समय सेवा दिएका चन्दका तीन छोरी छन्, जो हाल अमेरिका रहेका छन् । उनको दाहसंस्कार आइतबार दिउँसो पशुपति आर्यघाटमा गरिनेछ ।











प्रतिक्रिया