काठमाडौँ ।
नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्ना केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्दैछ ।
पार्टीभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्ने विषयमा विवाद चर्किरहेका बेला बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बोलाइएको हो ।
पार्टीभित्र विकसित पछिल्लो राजनीतिक अवस्थाबारे छलफल र सल्लाहका लागि भेला आह्वान गरिएको जनाइएको छ । यसअघि बिहीबार संस्थापन पक्षीय पदाधिकारी तथा सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।











प्रतिक्रिया