देउवा–कोइराला भेटवार्ता, विशेष महाधिवेशनबारे छलफल


काठमाडौं । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान देउवा निवास महाराजगञ्जमा भएको भेटमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनका विषयमा छलफल भएको हो।

भेटका क्रममा नेता कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गरी कांग्रेसलाई एकतावद्ध बनाउन सभापति देउवाले पहल लिनुपर्ने धारणा राख्नुभएको बताइएको छ। पछिल्लो समय कांग्रेसभित्र संस्थापन र इतर समूहबीच महाधिवेशनलाई लिएर विवाद चर्किँदै गएको छ।