नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो


काठमाडौँ ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ रहेकामा बिहीबार घटेर २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ। यससँगै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ रहेको चाँदी बिहीबार घटेर ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।