काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इच्छुकले पुस २५ देखि माघ १ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यकाका प्रहरी परिसरबाट दरखास्त दिन सक्नेछन् ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्ने नेपाली नागरिकले निर्वाचन प्रहरीमा आवेदन दिन पाउने छन् । छनोट प्रक्रिया माघ ५ देखि ९ गतेसम्म हुने र माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिनेछ । छनोट भएका उम्मेदवारले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्नेछ ।
४० दिनको कार्य अवधिका लागि निर्वाचन प्रहरीले ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक पाउने छन् । साथै रासन तथा आवतजावतका लागि ८४६ रुपैयाँ, चार दिनको खाजा खर्च र पोसाक बापत छुट्टै सुविधा प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।












प्रतिक्रिया