१८ पदका लागि ४४ उम्मेदवार

सत्ता गठबन्धनको तालमेल


-प्रदेशगत शक्ति सन्तुलनको परीक्षा

काठमाडौं ।

राष्ट्रियसभाको १८ रिक्त पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ ।

निर्वाचन कार्यक्रमअनुसार आज बिहीबार उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी योग्य उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन अन्तिम नामावली सार्वजनिक हुनेछ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
यसपटकको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेसवादी दलहरूबीच प्रदेशगत रूपमा फरक–फरक ढाँचाको चुनावी तालमेल देखिएको छ ।

आउदो फागुन २१को संसदीय निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल नभए पनि राष्ट्रियसभा निर्वाचनमा प्रदेशअनुसार दलबीच गठबन्धन भएको छ । गठबन्धनका कारण कोशी प्रदेशको अन्य समूहबाट कांग्रेसका नेता सुनीलकुमार थापा निर्विरोध हुनुभएको छ । केही ठाउँमा कडा प्रतिस्पर्धा हुने देखिएको देखिएको छ ।
विशेषगरी कांग्रेस–एमाले गठबन्धनका कारण सबै प्रदेशमा उनीहरूकै उम्मेदवार निर्वाचित हुने सम्भावना प्रबल रहेको छ ।

प्रदेशगत उम्मेदवारी विवरण
नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन बनेको छ । यसअनुसार कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दर्ता गराएका छन् ।

भागबण्डा नमिल्दा पछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले छुट्टै उम्मेदवारी दर्ता गराएको छ । जसपा नेपालसँग लोसपाको एकताको समझदारी भइसकेको छ । सुरुमा जसपा नेपाल गठबन्धनमा रहने भनिए पनि मधेस प्रदेशमा तीन छुट्टै उम्मेदवार उठाएको छ । महन्थ ठाकुरलाई सहयोग गर्ने निर्णय जसपा नेपालले गरेको छ ।

गठबन्धनसँग मुख्य प्रतिष्पर्धी नेकपा भए पनि गठबन्धनको मतभार अत्यधिक देखिन्छ । १८ वटै पदमा गठबन्धनका उम्मेदवार जित्ने स्थिति लगभग सुनिश्चित छ ।

राष्ट्रियसभाका मतदाता प्रदेशसभा सदस्य, स्थानीय तह प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष हुन् । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रतिनिधिको मतभार १९ कायम गरिएको छ ।

कोशी प्रदेश
मतदाताः ३६७
कुल मतभारः १०,१३५
प्रदेशसभाः एमाले ४०, कांग्रेस २९, नेकपा १७, राप्रपा ६, जसपा नेपाल १
स्थानीय तहः एमाले ११०, कांग्रेस ११५, नेकपा ३८, जसपा नेपाल ४, राप्रपा ४, स्वतन्त्र ३ रहेका छन् ।
मतभारः एमाले ४,२१०, कांग्रेस ३,७२२, नेकपा २,१२७

मधेस प्रदेश
मतदाताः ३७१
कुल मतभारः १०,५८५
प्रदेशसभाः एमाले २५ (१ निलम्बन), कांग्रेस २२, जसपा नेपाल १९ (१ निलम्बन), नेकपा १६, लोसपा ९ (१ निलम्बन)

स्थानीय तहः कांग्रेस १०२, एमाले ५७, जसपा नेपाल ५, नेकपा २९, लोसपा २४, अन्य ८ मतदाता रहेका छन् ।
मतभार ः कांग्रेस ३,१०४, एमाले २,३५५, लोसपा ८८०, गठबन्धन ६,३३९, नेकपा १,३९९, जसपा नेपाल १,८७०

वागमती प्रदेश
मतदाताः ३४७
कुल मतभारः १०,३३३
प्रदेशसभाः कांग्रेस ३७, नेकपा २८, एमाले २७, राप्रपा १३, नेमकिपा ३, हाम्रो नेपाली पार्टी २
स्थानीय तह मतदाताः कांग्रेस १०८, नेकपा ६६, एमाले ६०
मतभारः कांग्रेस ४,०१३, एमाले २,५७१, नेकपा २,७३८, गठबन्धन अग्रणी

गण्डकी प्रदेश
मतदाताः २२९
कुल मतभारः ६,३५७
प्रदेशसभाः कांग्रेस २७, एमाले २२, नेकपा ७, राप्रपा २, नेसपा १, १ रिक्त
स्थानीय तहः कांग्रेस ६७, एमाले ७०, नेकपा ३०, राष्ट्रिय जनमोर्चा ३
मतभारः कांग्रेस २,७०४, एमाले २,४९६, नेकपा ९४१,

लुम्बिनी प्रदेश
मतदाताः ३०४
कुल मतभारः ८,७३४
प्रदेशसभाः एमाले २९, कांग्रेस २७, नेकपा १२, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जनमत ३, लोसपा २, जसपा २, जसपा नेपाल १, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र १
स्थानीय तहः कांग्रेस ९२, एमाले ६७, नेकपा ४०
मतभारः गठबन्धन ६,६६९, नेकपा १,६०८, अग्रणी

कर्णाली प्रदेश
मतदाताः १९८
कुल मतभारः ५,१२२
प्रदेशसभाः कांग्रेस १४, नेकपा १४, एमाले १०, राप्रपा १, स्वतन्त्र १
स्थानीय तहः कांग्रेस ५९, नेकपा ५८, एमाले ३५, स्वतन्त्र ६
मतभारः गठबन्धन ३,०५८, नेकपा १,८४४, अग्रणी

सुदूरपश्चिम प्रदेश
मतदाताः २२७
कुल मतभारः ५,०८१
प्रदेशसभाः कांग्रेस १, एमाले ११, नेकपा १५ (१ निलम्बन), नागरिक उन्मुक्ति ७, राप्रपा १, स्वतन्त्र १
स्थानीय तहः कांग्रेस ८६, एमाले ५०, नेकपा ३०, अन्य ११
मतभारः गठबन्धन ४,१२१, नेकपा १,८१६,