देशभर हुस्सु र कुहिरो, सतर्कता अपनाउन मौसम महाशाखाको आग्रह


काठमाडौँ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो र राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने अनुमान छ। साथै केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। हुस्सु र कुहिरोका कारण जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।