काठमाडौँ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेस, एमाले र नेकपाबिच भएको तालमेल प्रयास असफल भएको छ। सिट बाँडफाँटमा सहमति हुन नसकेपछि नेकपाले गठबन्धनबाट अलग भएर एकल उम्मेदवारी दिने तयारी थालेको छ।
नेकपाले मतभारका आधारमा चार सिट माग गरे पनि कांग्रेस र एमालेले त्यसलाई स्वीकार नगरेपछि कुरा बिग्रिएको हो। कांग्रेस र एमाले भने जनता समाजवादी पार्टीसँग मिलेर चुनावी तालमेल गर्ने सहमतिमा पुगेका छन्।
नेताहरूका अनुसार उम्मेदवारी दिइए पनि राजनीतिक संवाद र सहमतिका ढोका भने खुला नै राखिएको छ।











प्रतिक्रिया