कांग्रेसले राष्ट्रिय सभाका ९ उम्मेदवार टुंग्यायो


काठमाडौँ ।

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रदेशगत रूपमा उम्मेदवार तय गरेको हो।

निर्णयअनुसार कोशीबाट सुनिलबहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही तथा सुदूरपश्चिमबाट खम्मबहादुर खाती उम्मेदवार रहेका छन्।

एक नेताका अनुसार एमाले र जसपा नेपालसँग भएको सहमतिअनुसार कांग्रेसका सबै ९ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउनेछन्।