मादुरोलाई रिहाइको माग गर्दै अमेरिकन दूतावास बाहिर संयुक्त विद्यार्थी संगठनको प्रदर्शन


काठमाडौँ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई रिहाइको माग गर्दै संयुक्त विद्यार्थी संगठनले आज अमेरिकन एम्बेस्सी बाहिर प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले अमेरिकाले भेनेजुएलामाथि लगाएको दबाब र प्रतिबन्धको विरोध गर्दै प्रदर्शन गरेका हुन्।

उनीहरूले भेनेजुएलाको सार्वभौमिकता सम्मान गर्न र आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेका छन्। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।