उदयपुर एक्स्पो २०८२ को निर्माण कार्य शिलान्यास


उदयपुर  ।

 जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा उदयपुर जिल्लाको व्यावसायिक क्षेत्रको आर्थिक समृद्धि तथा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले “उदयपुर एक्स्पो २०८२” सञ्चालन हुने भएको छ ।

“कृषि, वन, पर्यटन, शिक्षा, कला–संस्कृति, उद्योग र व्यापारः उदयपुरको पहिचान, समृद्धिको आधार” भन्ने मूल नारासहितआगामी माघ २३ देखि फागुन ०८ गते (फेब्रुअरी ०६ देखि २०, २०२६) सम्म एक्स्पो आयोजना गरिने संघले जनाएको छ ।

एक्स्पो सञ्चालनका लागि बुधबार त्रियुगा नदी किनारामा निर्माण कार्यको शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रम त्रियुगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलक कटुवालले गरेका थिए।

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र भगतका अनुसार एक्स्पोमा कृषि, वन, पर्यटन, शिक्षा, कला–संस्कृति, उद्योग तथा व्यापारसँग सम्बन्धित स्टलहरू रहनेछन् । हाल सीमित स्टल मात्र बाँकी रहेकाले इच्छुक व्यवसायी तथा संघ–संस्थालाई छिटो स्टल बुकिङका लागि सम्पर्क गर्न आग्रह गरिएको छ ।

उदयपुर एक्स्पोले स्थानीय उत्पादनको प्रवद्र्धन, व्यावसायिक नेटवर्क विस्तार तथा जिल्लाको पर्यटन पहिचानलाई थप मजबुत बनाउने विश्वास आयोजकको छ ।