ताप्लेजुङको फलैँचा केन्द्रविन्दु भएर भूकम्प


काठमाडौँ।

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ६ः१३ मिनेट जाँदा फलैँचा आसपास केन्द्रविन्दु भएर चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ले जनाएको छ।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो ।