काठमाडौँ।
बुद्ध एयरको एक विमान भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ। शुक्रबार साँझ काठमाडौँबाट यात्रु बोकेर पुगेको विमान अवतरण गर्ने क्रममा उक्त घटना भएको सुरक्षा स्रोतले जनाएको छ।
झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुका अनुसार विमान अवतरणको क्रममा चिप्लिएर करिब २०० मिटर पूर्वतर्फ रहेको सानो खोल्सामा पुगेको हो। “यात्रुहरूको तत्काल उद्धार गरिएको छ। अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन। विमानमा पनि ठूलो क्षति देखिएको छैन।
प्रहरीका अनुसार सवा ९ बजेतिर अवतरण भएको उक्त विमानमा ५१ जना यात्रु सवार थिए। बुद्ध एयरको ९एन–एएमएफ कलसाइनको विमानको अगाडिको भाग माटोमा धसिँदा सामान्य क्षति पुगेको जनाइएको छ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार कार्य गरेको छ। चालक दलका सदस्यसहित सबै यात्रु सुरक्षित रहेको प्रहरीले पुष्टि गरेको छ।











प्रतिक्रिया