देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप गर्न प्रस्ताव


काठमाडौँ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति म्याद आगामी जेठ मसान्तसम्म थप गर्ने प्रस्ताव भएको छ ।

केन्द्रीय कार्य समितिसहित सबै समितिको म्याद जेठ मसान्तसम्म थप्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा गरेका हुन् । साेही प्रस्तावमा निर्णय भने भइसकेको छैन । देउवा नेतृत्वको समितिको म्याद गत मंसिर मसान्तसम्म थियो ।

मंसिर १५ गतेको केन्द्रीय समितिले आगामि माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय गरेको थियो ।