काठमाडौँ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८,२९,३० र ३१ गते काठमाडौंमा हुने भएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो । नयाँ कार्यतालिका कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा प्रस्तुत गरेका थिए ।
प्रस्तावित कार्यतालिकालाई केन्द्रीय कार्य समितिको बैठकले पारित गरेको पार्टीका नेता विमलेन्द्र निधीले बताए । उनका अनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको छ ।
यसअघि कांग्रेसले यही पुस २६,२७ र २८ गते महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको थियो ।











प्रतिक्रिया