लमजुङ।
नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा लमजुङबाट दुई जनाको नाम परेको छ ।
महिला क्लस्टरबाट टुकाभद्रा हमाल र जनजाति पुरुष क्लस्टरबाट प्रेम घले सूचीमा समेटिएका हुन् । हमाल एमाले केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघकी अध्यक्ष हुन । घले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यका रुपमा सक्रिय रहेका नेता हुन् ।
हमाल २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद भइसकेकी अनुभवी नेतृ हुन् । यसपटक पनि उनी महिला क्लस्टरको सूचीमा दोस्रो नम्बरमा रहेकी छन् । जनजाति क्लस्टरको ११ औं स्थानमा रहेका घले क्ब्होलासोँथर गाउँपालिकाका पूर्व अध्यक्ष हुन ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा क्ब्होलासोँथर गाउँपालिकामा एमालेको तर्फबाट सबै वडामा जित निकाल्दै घले ‘म्यान अफ दि इलेक्सन’का रुपमा चर्चामा आएका थिए ।
प्रतिनिधिसभा निर्वाचनका लागि एक सय १० समानुपातिक सिटमा ६५ राजनीतिक दलले करिब ३ हजार सय जनाको नाम निर्वाचन आयोगमा बुझाएका छन् । तीमध्ये एमाले बाहेक अन्य दलबाट लमजुङका उम्मेदवार समानुपातिक सूचीमा नपर्नु यसपटकको बन्दसूचीको उल्लेखनीय पक्ष बनेको छ ।











प्रतिक्रिया