काठमाडौँ।
स्विट्जरल्याण्डमा नयाँ वर्षको पूर्वसन्ध्यामा एक बारमा भएको भीषण आगलागीमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन्।
प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै घाइतेमध्ये ६० जनाको सायन अस्पतालमा उपचार भइरहेको र बाँकीलाई अन्य अस्पतालमा भर्ना गरिएको जनाएको छ। अधिकारीहरूका अनुसार घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर छ।
आगलागी दक्षिणपश्चिम स्विट्जरल्याण्डको क्रान्स–मोन्टानास्थित ले कन्स्टेलेसन बारमा भएको हो। नयाँ वर्षको उत्सव मनाउन ठूलो संख्यामा मानिसहरू भेला भएका बेला आगलागी भएको बताइएको छ।
स्विट्जरल्याण्डका राष्ट्रपतिले यस घटनालाई देशले सामना गरेको सबैभन्दा ठूलो त्रासदीमध्ये एक भन्दै शोक व्यक्त गरेका छन्।
आगलागीको कारण हालसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन। यद्यपि केही प्रत्यक्षदर्शीले शैम्पेनका बोतलमाथि राखिएको ‘जन्मदिनको मैनबत्ती’ ले छतमा आगो सल्काएको हुनसक्ने दाबी गरेका छन्।
तर महान्यायाधिवक्ता बीट्रिस पिलोदले पत्रकारहरूको प्रश्नमा ती दाबीहरूलाई अस्वीकार गर्दै अनुसन्धान जारी रहेको बताएका छन्।











प्रतिक्रिया