विशेष महाधिवेशन पक्षधरले भन्यो- ‘हामी फुटको पक्षमा छैनौं, यही अन्तिम विकल्प’


 काठमाडौँ। 

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेश पक्षधर नेता सुवास पोखरेलले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताए ।

‘कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प रहेन । यो हाम्रो वैधानिक अधिकार हो । विधानको बाध्यकारी व्यवस्था हो । हामी पार्टी विभाजनको पक्षमा छैनौं,’ उनले भने ।

साथै उनले एकता र विश्वास एकैपटक जगाउन आग्रह गर्दै केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गरोस् भन्ने माग आफूहरूको रहेको बताए ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विकल्पको रूपमा विशेष महाधिवेशनको बाटो अघि सारेका छन् ।