हुन्डाईले ५७ औँ वार्षिकोत्सव मनायो


काठमाडौं ।

हुुन्डाई मोटर कम्पनीले नवीनता, गुणस्तर र ग्राहक केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्षको यात्रा पूरा गरेको छ ।

सुरुआती दिनदेखि विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा स्थापित हुँदै, हुुन्डाईले विश्वभरका ग्राहकको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू निरन्तर रूपमा प्रदान गर्दै आएको छ ।

हुन्डाई स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति प्रतिबद्ध रहँदै आएको छ । सन् १९६७ मा स्थापना भएको हुुन्डाई मोटर कम्पनी २०० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको एक विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो, जसले विभिन्न प्रकारका सवारीसाधन तथा मोबिलिटी समाधान प्रदान गर्दछ ।

नेपालमा हुुन्डाईको आधिकारिक वितरकको रूपमा फेब्रुअरी २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. कार्यरत छ ।