विदेशी लगानी तथा ऋण व्यवस्थापनमा पाँचौँ संशोधन


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लाई पाँचौँपटक संशोधन गरेको छ। संशोधनपछि अब कम्पनीहरूले विदेशी लगानी नेपाल भित्राउन वा बाहिर लैजान केन्द्रीय बैंकको पूर्वअनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ।

नयाँ नीतिअनुसार कालोसूचीमा रहेका कम्पनीहरूले समेत विदेशी लगानी भित्राउन पाउनेछन्। यसअघि यस्ता कम्पनीलाई विदेशबाट लगानी ल्याउन प्रतिबन्ध थियो। यद्यपि पाँचौँ संशोधनअनुसार कालोसूचीमा रहेका कम्पनीहरूले लगानी भित्राउन मात्रै पाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।