काठमााडौँ
नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडु एक्सेलेन्स इन डिजिटल ट्रान्ज्याक्सन एफ.वाई. २०८१÷८२ र एक्सेलेन्स इन नेपालपे क्यूआर ट्रान्ज्याक्सन एफ.वाई. २०८१÷८२ ुबाट सम्मानित भएको छ । आ.व. २०८१÷०८२माविकास बैंकमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।
मिति २०८२ पौष ०८ गते, मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो । समायानुकुल नविनतम डिजिटल बैकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ । विकास बैंक२०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैकिङ् कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।
हाल, गरिमा विकास बैंकको देशभर १ सय २६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।











प्रतिक्रिया