काठमाडौँ
अपि पावरले ५.२६ प्रतिशत लाभांश दिने, बोनस सेयरपछि ३० प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६ अर्ब ३७ करोड ९७ लाख रुपियाँ पुग्नेछ । अपि पावरले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
हकप्रद सेयरबाट प्राप्त हुने रकम दिव्यज्योति हाइड्रोपावरद्वारा निर्माणाधीन ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपूँजी लगानी गर्ने कम्पनीले जनाएको छ ।
लाभांश वितरण र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते २२ औं साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने भएको छ ।











प्रतिक्रिया