नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड


काठमाडौँ ।

नेपाली बजारमा सोमबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँ रहेको थियो । महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार १०५ रुपैयाँ रहेको चाँदीको मूल्य बढेर सोमबार ४ हजार २३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।