संसारको सबैभन्दा लामो सडक

0
Shares

एक रिपोर्टअनुसार पेन अमेरिकन हाईवेलाई संसारकै सबैभन्दा लामो सडक मानिएको छ । यो सडक अलास्काको प्रुधो खाडीबाट शुरु भएर अर्जेन्टिनाको उशु आइयासम्म पुग्दछ । पेन अमेरिकन हाईवे उत्तर र दक्षिण अमेरिकालाई जोडिएको छ । तर, पानामा र कोलम्बियाको बीचमा डेरियन ग्याप रहेको छ ।

पेन अमेरिकन हाईवेको लम्बाई ३० हजार किलोमिटर (१९ हजार माइल्स) रहेको छ । यो लम्बाई भनेको पृथ्वीको आधा परिधि बराबरसमेत हो । यो हाईवेले कयौं देशमा जाने बाटो पनि बनेको छ । जसमा, क्यानडा, अमेरिका, मेक्सिको, पानामा, कोलम्बिया, चिली अर्जेन्टिनासमेत १४ देशसँग जोडिएको हाईवे हो ।

पेन अमेरिकन हाईवेमा यू टर्न र तीखो मोड कहिँ छैन । हरेक दिन ५ सय किलोमिटर जाँदा पनि यस बाटोलाई पूरा गर्न करिब ६० दिनभन्दा बढी लाग्दछ । यानि २ महिनाभन्दा बढी यात्रा गर्नु पर्दछ ।

यो हाईवेमा खतरा पनि त्यतिकै छ । जसमा, भूस्खलन, बाढी र जंगलको खतरा रहेको छ । सन् १९२३ मा पेन अमेरिकन हाईवे व्यापार, पर्यटन र सांस्कृतिक आदान प्रदानका लागि बनाइएको थियो । यो १४ देशको सहयोगको परिणाम हो । पेन अमेरिकन हाईवेमा मरुभुमि, पहाड, जंगल र समुद्री तट जस्ता विविध दृश्य हेर्न पाइन्छ ।

अन्य लामो सडक

-एशियन हाईवे र अस्टे«लियन हाईवे ।

-एशियन हाईवे २० हजार ५५७ किलोमिटरको लामो सडक हो ।

-अस्टे«लियन हाईवे १४ हजार ५०० किलोमिटरको लामो सडक हो ।