स्निको टेक्नोलोजी क्रिकेट खेलमा प्रयोग हुने एक साउन्ड बेस्ड टेक्नोलोजी हो । ब्याट र बलको सम्पर्क भए नभएको पत्ता लगाउनको लागि यो प्रविधि प्रयोग गरिन्छ । ब्याटरसँगैं भएको स्टम्पमा माइक्रोफोन लगाइएको हुन्छ । त्यसकै आधारमा आवाज पत्ता लगाउने गर्छ । स्निकोमिटरलाई आजभोलि अल्ट्रा एजको नामले बढी बुझ्ने गरिएको छ ।
माइक्रोफोनबाट निस्केको आवाजलाई असिलोस्कोपमा ग्राफको रूपमा देखिन्छ । यो टिभी र मैदानमा क्रिकेट हेर्नेहरूले राम्ररी नै हेर्न सकिन्छ । यसैको आधारमा खेलका थर्ड अम्पायरले ब्याटले बल छोएको छ–छैन र क्याच आउटको निर्णय लिन सक्दछन्।
यो डीआरसी (डिसिजन रिभ्यू सिस्टम) को एक भाग पनि हो । डीआरसी मैदानमा रहेका दुई अम्पायरले आउट हो कि होइन ठम्याउन नसकेपछि थर्ड अम्पायरलाई निर्णय गराउने एक माध्यम हो । डीआरसी ब्याटरले चित्त नबुझेमा पनि लिन सकिन्छ भने बलिङ टोलीले पनि लिन सकिन्छ ।
नेपालमा अहिलेसम्म डीआरसी लिने प्रक्रिया भएको छैन । नेपाल प्रिमियर लिगका दुई संस्करण समापन भइसक्दा पनि नेपालमा डीआरसी प्रयोग गर्न सकेको छैन । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताएअनुसार डीआरसी निकै महँगो प्रविधि हो । यसैले नेपाल प्रिमियर लिगमा यो प्रविधि राख्न नसकेको उनले एक कार्यक्रममा बताएका थिए ।
काम गर्ने तरिका
माइक्रोफोनः स्टम्पमा माइक्रोफोन लगाएको हुन्छ । माइक्रोफोनले बल र ब्याटको सम्पर्कमा आउने आवाज रेकर्ड गरिन्छ ।
असीलोस्कोपः यसले माइक्रोफोनबाट आउने आवाजको तरंगहरूलाई एक ग्राफमा परिणत गर्दछ ।
फ्रीक्वेन्सी फिल्टरिंगः यसले अनावश्यक आवाजहरूलाई मेटेर केवल ब्याट र बलबीच भएको छुआईको फ्रिक्वेन्सी बढाउने काम गर्दछ ।
ग्राफिकल डिस्प्लेः जब बल ब्याटमा लाग्छ तब ग्राफमा स्पाइक वा उछाल देखिन्छ । थर्ड अम्पायरले यसलाई स्लो मोसनमा भिडियो बनाएर हेर्छन् र आवाज ब्याटबाटै आएको हो होइन निक्र्यौैल निकाल्ने गरिन्छ ।
फुटबलमा पनि प्रयोग
हालै यूरो २०२४ मा हेन्डबलको निर्णय लिन स्निकोमिटरको प्रयोग गरेको थियो । जहाँ बलले खेलाडीको हातमा लागेको हो या होइन् भनेर जान्नका लागि माइक्रोचीप भएको बल प्रयोग गरिएको थियो ।











प्रतिक्रिया