एजेन्सी।
लगभग दुई दशक रेस्लिङ रिङमा कुस्ती खेलेका अमेरिकी रेस्लर जोन सीनाले सन्यास लिएका छन् । उनको अन्तिम खेल भने बिर्सनलायक बन्यो । यस भिडन्तमा उनी पराजित भएका हुन् ।
४८ वर्षीय सीनाले यही दिसेम्बर १३ तारिख शनिबारको दिन अन्तिम भिडन्तको रूपमा गुन्थरविरुद्ध कुस्ती खेल्नु पर्ने थियो । खेलको सुरुमा सीना फिट देखिएपनि त्यसपछि भने उनी विस्तारै अनफिट हुँदै गएको थियो । शायद, उनको उमेरले उनलाई त्यति शक्ति प्रदान गर्न सकेन ।
सीना कमजोर देखिएपछि रिङ जनरलले उनलाई ट्याप आउट गर्न बाध्य पारे । यो २० वर्षमा पहिलो पटक सीनाले कुनै खेलमा ट्याप आउट हुनु परे । सीना डब्लुडब्लुई च्याम्पियनशिपमा १७ पटक च्याम्पियन भएका रेस्लर हुन् । तर, यसपटक भने उनलाई शरीरले साथ दिएन । उनले हारपछि आफ्ना समर्थकहरूलाई सलाम गरेर रेस्लिङ करिअरबाट विदा लिएका थिए ।
जोन सीनाको करिअर
-सबैभन्दा बढी १७ पटक डब्लुडब्लुई च्याम्पियनसिप जितेको ।
-१९९९ मा प्रो रेसलिङ करिअर शुरुआत गरेको ।
-अल्टीमेट प्रो रेसलिङका लागि हेभीवेट च्याम्पियनसिप जितेको ।
-द मरीन (२००६), १२ राउन्ड्स (२००९), बंबल बी (२०१७) जस्ता चलचित्रबाट अभिनयमा पनि धाक जमाएको ।











प्रतिक्रिया