एजेन्सी।
पाकिस्तानमा पहिलो पटक संस्कृत पढाइने भएको छ । पाकिस्तानको लाहोर विश्वविद्यालय व्यवस्थापन विज्ञानले सन् १९४७ मा देश विभाजनपछि पहिलो पटक संस्कृत भाषा पढाइने शुरु गरेको हो । जसमा, विद्यार्थीहरूले महाभारत र भगवत गीता पनि पढ्नेछन् । सन् २०२७ सम्ममा पूर्ण पाठ्यक्रम शुरु हुने अपेक्षा पनि गरिएको छ ।
लाहोरको समाचारअनुसार प्रोफेसर शाहिद रशीद जस्ता विद्वानहरूले अनलाइनमाध्यमबाट संस्कृत सिकेर यो पहलको नेतृत्व गरिरहेका छन् । लाहोर विश्वविद्यालयले २०२७ सम्ममा एक वर्षको पूर्ण संस्कृत पाठ्यक्रम शुरु गर्ने योजना बनाएको छ । यस्तै, पन्जाब विश्वविद्यालयमा रहेका पाण्डुलिपिहरू पनि खोजी गर्ने बताइएको छ ।











प्रतिक्रिया