मंगलबार सुन घट्यो, चाँदी बढ्यो


काठमाडौँ ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ ।

सोमबार तोलामा २ लाख ६० हजार ७ सय रुपैयाँ रहेको छापावाल सुन मंगलबार घटेर २ लाख ५९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य भने बढेको छ ।

सोमबार तोलामा ३ हजार ८ सय ७० रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ३ हजार ८ सय ८५ रुपैयाँ पुगेको छ ।