लखेटिएका युवा मुगलानमा


सामाजिक कथामा बनेको फिल्म मुगलानको ट्रेलर सार्वजनिक गरिएको भएको छ।
युना डिजिटल युटुब च्यानलबाट सार्वजनिक २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारिएको कथा प्रस्तुत गरिएको छ।

कथाले २०५२ सालपछिको सरकार र तत्कालिन विद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको ट्रेलरमा देखाइएको छ। ट्रेलरअनुसार मुखियाको ऋण तिर्नका लागि मुगलान भासिएका प्रभात पाल फर्किएर आउ“दा घर रित्तो हुन्छ। उसका बुबा आमा छैनन्। के भएर उनीहरू घरमा छैनन्, कसैले मारे या अपहरणमा पारियो भन्ने ट्रेलरले खुलाउ“दैन।

आगामी पुष १० गते रिलिजमा आउने फिल्मको ट्रेलरमा फिल्मका मुख्य अभिनेता प्रभात पाल, अभिनेत्री स्मारिका ढकाल प्रेमी प्रेमिकाका रूपमा प्रस्तुत भएका छन्। ट्रेलरमा विछोडको कथा पनि प्रस्तुत गरिएको छ। प्रभात पाल र स्मारिका ढकालका अलवा ट्रेलरमा रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खबपुलगायतलाई पनि प्रस्तुत गरिएको छ। रिहान प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा श्री शिवांशु, मोती सुवेदी, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलगायतले पनि अभिनय गरेका छन्।

आशीष ढकालको लेखन र निर्देशनमा निर्मित फिल्म गोमन सिंहले निर्माण गरेका हुन्। रीता चौधरी सह निर्मात्री रहेको फिल्ममा गीत रचना आशीष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी), संगीत किरण भुषाल, स्वर प्रताप दास, शान्तीश्री परियार, वेनिशा पौडेल र हरि गिरीको रहेको छ।