आगामी माघ ९ गते रिलिजमा आउने फिल्म परिवर्तनको धमाधम छायाँकन भइरहेको छ।
यस क्रममा एसडी योगी र रेश्मा पुनको स्वरमा पाकेको चिउरीको बोलको गीतको भिडियोको सुटिङ जर्सिङ पौवामा गरिएको छ। फिल्मको गीतमा मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले नृत्य गरेका छन्। उनीहरूलाई नृत्य निर्देशक रामजी लामिछानेले नृत्य गराएका छन् भने क्यामेरामेन शिव ढकालले छाया“कन गरेका छन्। गीतलाई मौसम अर्यालले लेखेका हुन् भने संगीत गायक एसडी योगीकै रहेको छ।
दिव्यासी फिल्म्स्को ब्यानरमा निर्माणाधीन फिल्ममा सुशील श्रेष्ठ र अञ्जना बराइलीका साथमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतको मुख्य भूमिका रहेको छ। एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको फिल्म विजय केरुङले निर्देशन गरेका छन्। दीपक सिवाकोटीको कथा र निर्माण रहेको फिल्ममा पटकथा र संवाद शिवम् अधिकारीको, संगीत एसडी योगीको, कोरियोग्राफी रामजी लामिछानेको, द्वन्द्व निर्देशन श्री श्रेष्ठको र सम्पादन बन्दे प्रसादको रहेको छ।











प्रतिक्रिया