काठमाडौं ।
बैंक तथा फाइनान्स एण्ड इन्सुरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजित कार्यक्रममा विज्ञहरुले नेपाल राष्ट्र बैंकका कतिपय नीतिहरु अव्यवहारिक भएपछि निष्कृय कर्जा बढेको बताएका छन्।
पूर्वबैंकर ज्ञानेन्द्र ढुंगानाका अनुसार, ऋणीबाट कर्जा रिकभर गर्न राष्ट्र बैंकले लगाएका निर्देशनहरु प्रभावकारी नभएकाले कर्जा समयमै फिर्ता नहुने समस्या देखा परेको छ। ऋणीलाई चिठी पठाउने, ३५ दिन भित्र कालोसूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया गरिएको भए पनि, लिलाम गर्न समेत कठिनाइ भइरहेको छ।
विज्ञहरुले यस विषयमा राष्ट्र बैंकले नीति सुधार गर्दै व्यवहारमै पुग्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।











प्रतिक्रिया