एमाले झनै शक्तिशाली भएर उठेको छ : महासचिव पोखरेल


काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले खरानीबाट उठेर झनै शक्तिशाली बन्दै गएको बताउनुभएको छ। ११ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित आक्रमण भइरहेको उल्लेख गर्नुभयो।

एमाले सकियो भन्ने भ्रम फैलाइए पनि महाधिवेशनमा देखिएको जनसहभागिताले पार्टी अझ बलियो बनेर आएको स्पष्ट हुने उहाँको भनाइ छ। एमाले सरकारबाट मात्रै बाहिरिएको तर नेपाली जनताको हृदयमा गहिरोसँग बसेको पार्टी भएको महासचिव पोखरेलले बताउनुभयो।